About us

उत्तरमा हिमाली शृंखला स्पर्श गरी दक्षिणमा तराई सम्मै फैलिएको छ हाम्रो धादिङ । अग्ला अग्ला पहाड, हिमाल, नदीनाला या सम्म परेका मैदान, फाँट बेसीजस्ता भौगोलिक विविधताका साथै मानव सभ्यताको द्रूतगति र विकासबाट नितान्त पिछडिएका चेपांग प्रजाति लगायत विभिन्न जातजाति, भाषाभाषी तथा सांस्कृतिक परम्परा बोकेको यो पहाडी जिल्ला, प्रकृतिको अनुपम सौन्दर्य र अथाह सम्पदाले भरिपूर्ण छ ।

आफु जन्मेको गाउँघर,खेलेको हुर्केको आँगन, आफु हिंडेको बाटोघाटो, पाखा पखेरो र आफ्नो माटोको माया कसलाई नहोला र ? हामी स्वदेश मै होउँ या पराइभूमिमा नै संघर्ष गरिरहेका किन नहोउं , आफु जन्मिएको हुर्किएको त्यो प्यारो ठाउँको माया हाम्रो छातीको कतै कुनामा एउटा मिठो स्मृति बनेर सधैं सधै बाचिरहेको हुन्छ ।

आफ्नो जन्मभूमिप्रतिको त्यही भावनाको प्रतिबिम्ब हो यो, भौतिक स्वरुपमा हामी जहाँ-जहाँ भएपनि, संसारको जुनसुकै भू-भागमा पुगे पनि धादिङवासीहरुको एउटा भावनात्मक सामिप्यता र एकता बनाउँ, हाम्रो गाउँघरको स्मरण गरौँ । हाम्रा पाखा पखेरा र कुना कन्दरामा छरिएका अपार सम्भावनाहरुको खोजी गरौँ, विचार विमर्श, बहस गरौँ र अनुभवहरु बाडौं । यत्ति हो हाम्रो चाहना ।

गीत सङ्गीत मनोरंजन जानकारी लगायत जुनसुकै बिषयमा सामग्रीहरु राखिने यो साइट कुनै समाचारमुलक “न्युज पोर्टल” भने होइन । हामी धादिङ जिल्लाका बारेमा वा धादिङ जिल्लाबासीहरुका सम्प्रेषणहरुलाई प्राथमिकताका साथ् प्रकाश वा प्रसार गर्न चाहन्छौं । साइट संचालन भन्दा पनि संसार भरि छरिएर रहनु भएका नेपालीहरुमाझ इन्टरनेटमा हाम्रो जिल्लाको उत्साहजनक उपस्थिति कायम गराउनु हाम्रो प्रमुख धेय हो ।

जहाँ जसले जसरी शुरु गरेको भए पनि यो साइट वा समूह तपाइंको आफ्नै हो । यद्यपि कार्यगत सहजताका लागि समूह अपरिहार्य हुने भएकोले पत्रकारिता वा सामाजिक क्षेत्रमा सक्रिय, निस्वार्थ भावले सेवा गर्न इच्छुक व्यक्ति हामीसंग आबद्ध हुन सक्नु हुनेछ र त्यसका लागि हामी हार्दिक अनुरोध पनि गर्दछौं ।

तपाईंको बिचार भावनाहरु सम्प्रेषण गर्नुस, सुन्नुस सुनाउनुस र आफूलाई प्रस्तुत गर्नुस । आउनुस, एकै जिल्लावासीको नाता र भावनात्मक सम्बन्धको यो यात्रा हामी संगै हिडौं, तयार हुनुहुन्छ ?

जन्मेको हुर्केको खेलेको प्यारो ठाउँको माया कसलाई पो हुदैन र ? तर समय र परिस्थितिले मानिसलाई एकै ठाउमा रहन नदिदो रहेछ । नियतिले डोर्याउदै लगेको अन्जान र ति बिराना शहरहरु जहाँ-जहाँ पुगे पनि हामी यतिखेर धर्तीका प्रत्येक कुना-कुनाबाट त्यही प्यारो गाउँ धादिङको सम्झना गरिरहेका छौं ।

आउनुस हातेमालो गरौँ, धादिङवासीहरुको मन र भावना साटासाट गर्ने र हाम्रो भावनात्मक सामिप्यता बनाउने एउटा चौतारीको निर्माण गरौँ ।

धादिङ अनलाइनमा आफ्नो रचना पठाउनलाइ  info@dhadingonline.com मा इमेल गर्नु होला ।

DHADING-SERVICE-SOCIETY-SOCIAL-ACTIVITIES


प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

१५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

१५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

सोंच

बजार

मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

लागूऔषधसहित भारतीय पक्राउ

हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...