जनताको समस्या बुझ्न गाउँ पुगे सभाषद

salyantar६ जेठ, धादिङ – निर्वाचनको बेला भोट माग्न घरघर पुग्ने नेताहरु विपद्मा गाउँ नफर्किएको गुनासो आइरहँदा धादिङ क्षेत्र नम्बर १ का दुई जना सभाषदहरुले सल्यानटार र आरुघाटको स्थलगत निरिक्षण गरेका छन् । जिल्ला सदरमुकाममा नै बसेर उद्धार र राहतमा खटिएका सभाषदहरु स्थित सामान्य बन्दै गर्दा नागरिकको समस्या बुझ्न गाउँ पुगेका हुन् । क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएका सभाषद धनबहादुर घले र समानुपातिक सभाषद परशुराम तामाङले बुधबार सल्यानटारका विभिन्न बस्ती र आरुघाटका नागरिकहरुसंग भेट गर्नुभयो ।

मात्रामा मानवीय र भौतिक क्षति भएको स्थानहरुका सर्वसाधारणलाई सान्त्वना दिन र तत्कालको समस्या पहिचान गर्न गाउँ पुगेको सभाषदहरुले बताएका छन् । सल्यानटार पुगेका सभाषदहरुले भुकम्प पछि क्षेत्र नम्बर १ मा भइरहेको गतिविधिसंगै त्यस क्षेत्रमा भएका राहत वितरणको बारेमा सल्यानटार प्रहरीसंग जानकारी लिएका छन् ।
महाभुकम्पले भत्काएका घर पुनस्र्थापनाबारे अन्यौलमा रहेका बुढिगण्डकी जलविद्युत आयोजना डुबान क्षेत्रका सर्वसाधारण भेट्न र बास्तविक कुरा बुझ्न आफु आरुघाट पुगेको सभाषद् धनबहादुर घलेले बताउनुभयो । जिल्ला दैवी उद्धार समितिले अहिले सरकारी तथा गैर सरकारी र निजी क्षेत्रबाट अति विकट गाउँमा बाहेक अधिकांश क्षेत्रमा राहत सामाग्री पुगिसकेको भनिरहँदा त्यसको अनुमगनको लागि पनि गाउँ हिँडेको सभाषद परशुराम तामाङले बताउनुभयो ।

सभाषदहरु गाउँ नपुग्दासम्म आफ्नो समस्या कस्ले बुझिदेला भन्ने चिन्तामा रहेका सल्यानटारबासीले सभाषदहरु गाउँमा पुगिसकेपछि भने आफुहरुलाई भन्दा बढि क्षति भएका विकट वस्तीहरुलाई प्राथमिकतामा राखेर राहत र नवनिर्माणको काममा लाग्न सभाषदहरुलाई सुझाव दिएका छन् । सभाषदहरुलाई आरुघाट विशालनगरका स्थानीयहरुले गाउँमा नयाँ घर निर्माण, बैकल्पिक बसोबास र नयाँ बासस्थानका विषयमा जिज्ञाशा राखेका थिए ।
सभाषदहरु घले र तामाङले पनि अब वस्ती कहाँ बसाउने भन्ने अन्यौलमा रहेका डुबान क्षेत्रमा स्थानीयहरुको समस्या समाधानमा जोडतोडका साथ लाग्ने आश्वासन दिएर फर्कनुभएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • झडपपछि धादिङको जयवागेश्वरी क्याम्पसमा स्ववियु चुनाव स्थगित झडपपछि धादिङको जयवागेश्वरी क्याम्पसमा स्ववियु चुनाव स्थगित
  • धादिङ स्ववियु निर्वाचन : २ मा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल र १ मा अनेरास्ववियु निर्वाचित धादिङ स्ववियु निर्वाचन : २ मा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल र १ मा अनेरास्ववियु निर्वाचित
  • धादिंगमा भब्य कार्यक्रम गरी ल्होसार मनाइयो धादिंगमा भब्य कार्यक्रम गरी ल्होसार मनाइयो
  • धादिंगमा सालीलाई छोरी बनाई नागरिकता बनाउने पक्राऊ धादिंगमा सालीलाई छोरी बनाई नागरिकता बनाउने पक्राऊ
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

    १५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

    रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

    ५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

    अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

    १५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

    सोंच

    बजार

    मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

    लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

    लागूऔषधसहित भारतीय पक्राउ

    हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

    प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

    प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

    सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

    लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...