धादिङमा थोत्रा कपडाहरू फ्याकियो

0काठमाडौं । एयरपोर्टमा राहतका कन्साइनमेन्ट आउने क्रम जारी छ । दिनदिनै राहतका प्याकेटहरू एयरपोर्टका गोदाम र नअटाएका प्याकेट खुला क्षेत्रमा खातका खात थुप्रिएका छन् । कसले पठायो, कति आयो, कता गयो ? नेपाल सरकार सुची बनाउन समेत सकेको छैन ।
कतिपय राहत सामान तत्काल प्रयोग गर्नुपर्ने खालका छन् ।

जस्तै पाउरोटी, बिस्कुट, चाउचाउहरू । कतिपय कुहिएर गनाउन थालेका छन् । गृह मन्त्रालयको ध्यान नगद र दामी राहततिरमात्र छ ।
मन्त्रीहरूको ध्यान जतिसक्यो आफ्ना मान्छेलाई राहत पठाइदिने र सकिन्छ भने बजारमा लगेर बेच्ने । बंगलादेशले पठाएको एकलाख टन चामलमध्ये झापाका सिडियोले ५० हजार टन चामल लुकाए । कसैले खलबली मच्चाएपछि गृहले भन्यो– समन्वयको कमी हो, हराएको होइन ।

यथार्थमा जसले लुटे पनि हुन्छ भने प्रशासनका कर्मचारी यही मौका हो भनेर लुट मच्चाइरहेका छन् । राजनीतिक कार्यकर्ता त फूपूको श्राद्ध खाइरहेका देखिन्छन् । अर्थमन्त्रीका पीएले जस्तापाता बेचेको घटनाले मन्त्रीहरू कति नैतिकहीन हुनसक्छन् भन्ने देखाएको छ ।

युएईले पठाएको तेल विषाक्त भेटियो । त्यसलाई नष्ट गरिएको छ । भारतले पठाएको कट्टुलगायतका थोत्रा कपडा धादिङमा फालियो । विश्व खाद्य कार्यक्रमले बितरण गरेको चामल अखाद्य भेटियो । राष्ट्रिय मानवाधिकार आयोगले कारवाही गर्नु भन्ने सिफारिस समेत गरिदियो । ठूला उद्यम, व्यापार, व्यवसायीहरू रेडक्रसको स्टिकर टाँसेर अरवौं राजस्व लाग्ने सामानहरू भित्र्याइरहेका छन् ।

भन्नुको अर्थ के हो भने कर्मचारीको मिलोमतोमा तस्करी धन्दा मौलाएको छ । यसमा सुरक्षा निकायको समेत मिलोमतो भएको आसंका गरिएको छ । भूकम्पको विपद् माफियाहरूका लागि केही चन्दा दिएजस्तो गरेर कमाउने अवसर बनेको छ । एयरपोर्टमा राहतका प्याकेटहरू राख्ने ठाउँ छैन । कडा घामले सुकेपछि वर्षाले भिज्न थालेका छन् ।

अव सड्न थाल्नेछन् । छिटो छिटो छानबिन गरेर ती राहत सामानहरू उपयुक्त छन् भने आवश्यक क्षेत्रमा पठाउन गृह मन्त्रालय किन मन सानो पारिरहेको छ ?

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • धादिंगमा भब्य कार्यक्रम गरी ल्होसार मनाइयो धादिंगमा भब्य कार्यक्रम गरी ल्होसार मनाइयो
  • माओबादी धादिंगको अध्यक्षमा जमरकट्टेल चयन माओबादी धादिंगको अध्यक्षमा जमरकट्टेल चयन
  • बुढीगण्डकी आयोजना प्रभावितले पाउने मुआब्जा यसप्रकार छ बुढीगण्डकी आयोजना प्रभावितले पाउने मुआब्जा यसप्रकार छ
  • धादिंग कांग्रेसको मन्च भत्किंदा बसिष्ठ नेता/मन्त्रिहरु  भागाभाग, नेत्रीको खुट्टा भाँचियो धादिंग कांग्रेसको मन्च भत्किंदा बसिष्ठ नेता/मन्त्रिहरु भागाभाग, नेत्रीको खुट्टा भाँचियो
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

    १५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

    रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

    ५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

    अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

    १५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

    सोंच

    बजार

    मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

    लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

    लागूऔषधसहित भारतीय पक्राउ

    हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

    प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

    प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

    सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

    लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...