धादिङ्गका वालवालिकालाई मनोपरामर्श

nepal-policeधादिङ । भुकम्पपछि बिद्यालयमा अध्ययनरत बालबालिकामा मानसिक आघात पर्न नदिन जिल्ला प्रहरी कार्यालय धादिङ तथा मातहत कार्यालयहरुले मंगलबार पनि विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई मनोपरामर्श दिएको छ । प्रहरीले मण्डली उच्च माध्यामिक विद्यालय फुलखर्क, सल्लाघारी प्राथमिक बिद्यालयल धुवाकोट, शान्ति काली प्राथमिक विद्यालय कटुन्जे र थला प्राथमिक विद्यालय सेमजोङ्गमा मनोपरामर्श दिएको हो ।

भुकम्पको कारण बालबालिकामा पर्न गएको डर, त्रास एवं नकारात्मक असरलाई न्यूनिकरण गर्दै उनीहरुलाई पढ्न तथा समाजमा घुलमिल एवं समान्य व्यवहारमा ल्याउन प्रहरीले विद्यालयमै गएर परामर्श दिएको हो । परामर्श दिन महिला प्रहरी समेत खटिएका छन् । मनोपरामर्श कक्षामा बालबालिकालाई खेल खेलाउने, मनोरञ्जनात्मक र सिर्जनात्मक कार्यमा लगाउनेदखि भुकम्पको त्रास न्यूनिकरणलाई मध्यनजर राख्दै कक्षा संचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले यसअघि जेठ २८ र ३२ गते जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई समेत मनोपरामर्श दिएको थियो ।
जसबाट बाल्यकालदेखिनै प्रहरी नागरिकको सहयोगी रहेको प्रतीत हुने र विभिन्न आपराधिक मनसाय भएका व्यक्तिहरुले पैmलाएका प्रहरी प्रतिको नकारात्मक प्रभावको न्यूनिकरण भई अपराध नियन्त्रणमा समेत सहयोग पुग्ने बतावरण तैयार भएको बालबालिका तथा अभिभावकहरुमा अनुभूति भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • धादिंगमा भब्य कार्यक्रम गरी ल्होसार मनाइयो धादिंगमा भब्य कार्यक्रम गरी ल्होसार मनाइयो
  • माओबादी धादिंगको अध्यक्षमा जमरकट्टेल चयन माओबादी धादिंगको अध्यक्षमा जमरकट्टेल चयन
  • बुढीगण्डकी आयोजना प्रभावितले पाउने मुआब्जा यसप्रकार छ बुढीगण्डकी आयोजना प्रभावितले पाउने मुआब्जा यसप्रकार छ
  • धादिंग कांग्रेसको मन्च भत्किंदा बसिष्ठ नेता/मन्त्रिहरु  भागाभाग, नेत्रीको खुट्टा भाँचियो धादिंग कांग्रेसको मन्च भत्किंदा बसिष्ठ नेता/मन्त्रिहरु भागाभाग, नेत्रीको खुट्टा भाँचियो
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

    १५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

    रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

    ५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

    अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

    १५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

    सोंच

    बजार

    मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

    लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

    लागूऔषधसहित भारतीय पक्राउ

    हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

    प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

    प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

    सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

    लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...