नेपाली पोर्नस्टार बन्न खोज्ने युवती पक्राउ , स्कुलबाट निष्काशित

archanda-paneru arrested

महेन्द्रनगर । नग्न फोटो सुट गराएर पोर्नस्टारको अभ्यास गर्ने एक युवतीलाई प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको छ । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित भाँसी घर भएकी कक्षा १० मा पढ्ने अर्चना पनेरुलाई सामाजिक सञ्जालबाट नग्न तस्वीर सार्वजनिक गरी समाजमा अश्लीलता फैलाउन खोजेको आरोपमा प्रहरीले विहीबार पक्राउ गरेको हो । ती युवतीसँगै उनका आमाबुवालाई पनि प्रहरीले पक्राउ गरी सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुर प्रहरीको महिला सेल प्रमुख प्रहरी नायव निरीक्षक डम्मुकला कार्कीले सामाजिक सञ्जालबाट नग्न तस्वीर सार्वजनिक गरी समाज अश्लीलता फैलाउन खोजेको उजुरी परेपछि युवती र उनका अभिभावकलाई सोधपुछका लागि पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो-‘हाम्रो समाजले नपचाउने खालको फोटोहरु सार्वजनिक भएका छन्, स्थानीयहरुको उजुरीपछि पक्राउ गरी सोधपुछ गरिरहेका छौं, पहिलो पटक सम्झाई बुझाई गरेर छाड्छौं ।’ यस्ता फोटोले सामाजिक सद्भाव समेत विग्रिने, बलात्कारको घटना बढ्ने खतरा रहेको उहाँको भनाई छ । युवतीका बुवा भोजराज पनेरु र आमा सुनिता पनेरुले छोरीको इच्छा अनुसार नै नग्न फोटो सुट गरेको प्रहरीलाई वयान दिएका छन् । यस्तै, ती युवतीलाई लिटिलबुद्ध ऐकेडेमी स्कुलले अश्लीलता फैलाउने र समाजमा बदनाम गर्ने कार्य गरेको भन्दै विद्यालयबाट निष्काशित गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • झडपपछि धादिङको जयवागेश्वरी क्याम्पसमा स्ववियु चुनाव स्थगित झडपपछि धादिङको जयवागेश्वरी क्याम्पसमा स्ववियु चुनाव स्थगित
  • धादिङ स्ववियु निर्वाचन : २ मा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल र १ मा अनेरास्ववियु निर्वाचित धादिङ स्ववियु निर्वाचन : २ मा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल र १ मा अनेरास्ववियु निर्वाचित
  • धादिंगमा भब्य कार्यक्रम गरी ल्होसार मनाइयो धादिंगमा भब्य कार्यक्रम गरी ल्होसार मनाइयो
  • धादिंगमा सालीलाई छोरी बनाई नागरिकता बनाउने पक्राऊ धादिंगमा सालीलाई छोरी बनाई नागरिकता बनाउने पक्राऊ
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

    १५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

    रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

    ५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

    अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

    १५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

    सोंच

    बजार

    मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

    लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

    लागूऔषधसहित भारतीय पक्राउ

    हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

    प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

    प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

    सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

    लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...