नेपाललाई सांस्कृतिक पर्यटनको आकर्षक स्थलको रुपमा विकास गर्न सकिने

प्रकाश श्रेष्ठ
Prakash Shrestha
नेपाल बहुभाषिक, बहुसांस्कृतिक, आकर्षक प्राकृतिक सौन्दर्यताले भरिपुर्ण मुलुक भनेर विश्वमै चिनिन्छ । सानो मुलुक भएर पनि आफ्नै विशिष्ट विशेषता भएको स्वतन्त्र मुलुक नेपालमा जति पर्यटन क्षेत्रमा विकास हुनुपर्ने हो त्यती भने हुन सकेको छैन । विश्वमै पर्यटकहरुको आकर्षक स्थलको रुपमा परिचित मुलुकमा पर्यटन क्षेत्रबाट हासिल गर्न सकिने जति उपलब्धी हो त्यसको नगण्य प्रतिशत मात्र हासिल हुन सकेको छ । विश्वका अधिकांश मुलुकहरुले पर्यटन क्षेत्रबाट भरपुर लाभ उठाउन सकिरहेको वेला नेपालले भने पर्यटन क्षेत्रको आवस्यक पुर्वाधारहरुको विकास र विस्तार गर्न नसक्नु एवं विश्व जगतमा आवस्यक सुचना र जानकारीहरु पर्याप्त मात्रामा पुग्न नसक्नुले पनि यथोचितरुपमा यस क्षेत्रले देशको आर्थिक विकास र रोजगारीको क्षेत्रमा योगदान पुर्याउन सकेको देखिदैन ।

विश्वका धेरै देशहरु जस्तै-फ़्रान्स, स्पेन, जर्मनी, अमेरिका, वेलायत, जापान, स्वीजरल्याण्ड, अष्ट्रेलिया, ईटाली, क्यानडा, नेदरल्याण्ड, थाईल्याण्ड, सिंगापुर, हङ्कङ्, ब्राजिल, डेनमार्क, दक्षिण अफ्रिका, मेक्सिको, चीन, कतार, मलेसिया, रसिया, दक्षिण कोरिया, नर्वे, पोर्चुगल, बेल्जियम, पोल्याण्ड लगायत थुप्रै मुलुकहरुले ट्राभल एण्ड टुरिजम सेक्टरबाट उल्लेखनिय आर्थिक लाभ प्राप्त गर्न सकिरहेको देखिन्छ । अझै विस्वमै फ्रान्सलाई त ” Worlds Top Tourist Destination ” को रुपमा हेर्ने गरिन्छ । बर्षेनी करिव ८३ मिलियन विदेशी पर्यटकहरु विभिन्न देशबाट फ्रान्स आउने गर्दछन् र फ्रान्सको करिव ७ प्रतिशत योगदान कुल राष्ट्रिय उत्पादन( GDP) मा पर्यटन क्षेत्रको रहेको देखिन्छ । यसमा पनि फ्रान्सले खासगरी Business Tourism, Cultural Destination, Wine Tourism, Worlds Top Skilling Destination लाई महत्वपुर्णरुपमा पर्यटनको क्षेत्रमा समावेश गरेको पाईन्छ । एक अध्ययनका अनुसार “गोलोवल ईकोनोमी ” मा “Travel and Tourism ” को प्रत्यक्ष योगदान सन् २०१५ मा २.२३ ट्रीलियन अमेरिकी डलर रहेको थियो भने कुल योगदान ७.१७ ट्रीलियन रहेको थियो ।

आन्तरिक एवं बाहिय पर्यटनका व्यापक क्षेत्रहरु एवं प्रयोजन हुन्छन् जस्तो की प्राकृतिक मनोरम दृश्यवोलकन, कला, सांस्कृतिक, रहनसहन, भाषा, संस्कार, रितीरिवाज, धार्मिक स्थल, मनोरंजनात्मक, खेलकुद, तिर्थ, मेला, शहरी रमझम, ग्रामिण वसाई, भेटघाट, सभा-समिनार, गोस्टी, विभिन्न उत्सव, पर्व मनाउन, घुमघाम, मित्रजनहरुको जम्काभेट, साहसिक यात्रा, हिमाल अारोहण, विभिन्न स्थलको पदयात्रा, विभिन्न व्यापारिक मेला एवं प्रदर्शनी, मेडिकल ट्रिटमेन्ट, अध्ययन, अनुसन्धान, राजनैतिक सभा-सम्मेलन लगायत थुप्रै क्षेत्र एवं प्रयोजन हुन सक्छन् ।

यस्ता विभिन्न प्रयोजन र क्षेत्रका लागी मानिसहरु देश भित्रै र विभिन्न देशहरुमा आवात जावत गर्ने केही समय ती देश भित्रै विभिन्न स्थानमा निश्चित समय वा दिनहरु व्यतीत गर्ने र विभिन्न मुलुकका विभिन्न स्थानहरुमा समेत घुमफीर गरेर केही समय वा दिनहरु विताउने गर्दछन् । यसै क्रममा विभिन्न उद्देश्य धार्मिक, सांस्कृतिक, शैक्षिक, खेलकुद, मनोरंजनात्मक, राजनैतिक, आर्थिक, भ्रमण, दृश्यावोलकन, साहसिक यात्रा आदी जे भएपनि पर्यटकहरुलाई ती उद्देश्यका लागी एकठाउँ बाट अर्को स्थान जाने क्रममा, बास बस्ने, खानपान, यात्रा गर्ने क्रममा विभिन्न सेवासुविधा पुर्याउन आवस्यक हुन्छ । यसको लागी विभिन्न पर्यटकिय व्यवसायहरु संचालन गर्ने गरिन्छ जसले गर्दा विभिन्न व्यक्तीहरुले प्रत्यक्ष एवं अप्रत्यक्ष रोजगारी पाउनुको साथै विभिन्न व्यवसायहरु स्थापना र संचालन हुन सक्ने अवस्था सृजना हुन्छ ।

त्यस्तै पर्यटकहरुले प्रयोग गर्ने सामाग्रीहरु उपलव्ध गराउन विशेष उद्योग एवं कलकारखानाहरुको स्थापना र विकास हुन सक्छ । त्यस्तै विशेष गरि विभिन्न ट्राभल एजेन्सी लगायत सुविधा सम्पन्न होटल, रेस्टुरेन्टहरु, लज, मोटेलहरुको विकास हुन सक्छ भने नेपाल जस्तो ग्रामिण क्षेत्रको बाहुल्यता रहेको मुलुकमा ग्रामिण पर्यटन विकासबाट समेत ग्रामिण क्षेत्रका धेरै व्यक्तीहरुले लाभ आर्जन गर्न सक्दछन् ।

पर्यटन क्षेत्रहरुको एउटा अभिन्न क्षेत्रको रुपमा अहिले विश्वमा Cultural Tourism(सांस्कृतिक पर्यटन) लाई पनि लिने गरिन्छ । World Tourism Organization का अनुसार विश्वमा हुने “International Tourist Trips” मध्ये झण्डै ४० प्रतिशत भन्दा बढि Cultural Tourist Trips हुने गरेको जनाएको छ । यसले पनि cultural tourism को महत्व पर्यटन क्षेत्रमा व्यापक रहेको पाईन्छ । अझै स्पेन, दक्षिण अफ्रिका लगायत केही मुलुकहरुमा त यसले व्यापक स्थान ओगटेको देखिन्छ । विश्वका विभिन्न देशहरुमा आफ्नो देशको कला, संस्कृति, प्राचीन भेषभुषा, रहनसहन, परम्परा झल्कने धेरै चिजहरुलाई विभिन्न सांस्कृतिक म्युजियमहरुको स्थापना र विकास गरेर राखिएको छ जसलाई हेर्न र त्यहाँबाट खोज तथा अनुसन्धानात्मक कार्य गर्न समेत धेरै स्वेदेशी तथा विदेशी पर्यटकहरु आउने गरेको पाईन्छ ।

विभिन्न मुलुकहरुमा भएको Cultural Tourism लाई हेर्दा नेपालमा समेत यसको संभावना अत्यान्तै धेरै रहेको सहजै अनुमान गर्न सकिन्छ । नेपाल एेतिहासिक धरोहर भएको पुरातात्विक महत्वका धेरै पुराना सम्पदाहरु रहेको मुलुक हो । यहाँका बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक रितीरिवाज, परम्परागत भेषभुषाहरु, चालचलनहरु पृथक किसिमका छन् । त्यस्तै विभिन्न धार्मिक मठ-मन्दिर, धरोहरहरु विभिन्न स्थानमा रहेका छन् । देशको राजधानी काठमाण्डौमा मात्र पनि पुरानो नेवार समुदायको आफ्नै विशेष चालचलन, भाषा, संस्कार, कला, चाडवाड, उत्सव, संस्कृती, पर्वहरु, परम्पराहरु, रितीरिवाजहरु, मेलाहरु मनाउने चलन छ ।

एउटै जात भित्र पनि विभिन्न उपजातहरुको पेशा, संस्कार, चालचलन भिन्न छ जसले गर्दा उनीहरुको विगत परापुर्वकाल देखिको संस्कार, कला एवं संस्कृतीलाई झल्काउने गरि विभिन्न संग्रालयहरुको विकास गर्न सकिएमा साथै सांस्कृतिक गतिविधी संचालनमा आधारित पर्यटकहरु आकर्षित गर्न सकेमा, धार्मिक मठ-मन्दिरहरुलाई व्यवस्थीत गरि प्रचारप्रसार गर्न सकेमा, देशभरिकै विभिन्न जातजातिहरुको भाषा, परम्परा, रितिरिवाज, चालचलनलाई समेटेर सांस्कृतिक संग्रालय एवं पार्कहरुको विकास गर्न सकेमा अवस्य पनि विदेश तथा स्वदेशी पर्यटकहरुको संख्यामा वृद्धि र औसत बसाईलाई लम्बाउन सकिने देखिन्छ ।

त्यस्तै राजधानी बाहेक ग्रामिण तह तराई, पहाड, हिमालमा बसोबास गर्ने विभिन्न जातजाती, भाषाभाषीहरुको परम्परा, संस्कार, संस्कृती, भाषा, मुल्य-मान्यता अलग-अलग रहेकोले त्यसलाई समेत समेट्ने गरि ग्रामिण पर्यटनमा योगदान पुग्ने गरि ” सांस्कृतिक पर्यटन” को समेत आवस्यक विकास गर्न सक्ने हो भने स्वदेश एवं विदेशबाट प्रचुर मात्रामा पर्यटकहरु भित्रीन सक्ने देखिन्छ । ग्रामिण क्षेत्रमा सामुदायिक पर्यटन, होम स्टे पर्यटन, पदयात्रा, साहसिक पर्यटन लगायतका विभिन्न किसिमको पर्यटन गतिविधीलाई विकास एवं विस्तार गर्न सकेमा स्थानिय तवरबाटनै धेरै व्यक्तीहरुले स्वरोजगारीको अवसर प्राप्त हुने देखिन्छ ।

परम्परागत कला, संस्कृतीलाई जीवन्त राख्दै यसलाई अवसरको रुपमा विकास गर्नका लागी “सांस्कृतिक पर्यटन” एउटा महत्वपुर्ण कोसे ढुंगा सावित हुन सक्छ । यसका लागी सरकारी तवरबाट आवस्यक निती तथा कार्यक्रम ल्याएर योजनावद्ध ढंगबाट अगाडी बढ्नु पर्ने देखिन्छ । अव आपसमा जातिय द्वन्दलाई समाज रुपान्तरणको बाधकको रुपमा नभएर विभिन्न जातहरुको विशिष्ट मुल्य, मान्यता र संस्कार-संस्कृतीलाई उपयोग गरि पर्यटन क्षेत्रमा प्रवाहित गरेर आर्थिक उन्नती गर्दै देशको समग्र विकासमा योगदान दिनु पर्ने आजको आवस्यकता देखिन्छ ।

अझै विशेषगरि विभिन्न गुरुङ, मगर, तमाङ, शेर्पा, कुमाल, राई, लिम्वु लगायतका जनजाती, दलित, तराई, मधेशमा बसोवास गर्ने विभिन्न समुदायहरुको आफ्नै विशिष्ट सांस्कृतिक रितीरिवाज, परम्पराहरु छन् त्यसलाई समेत पर्यटन व्यवसायलाई टेवा पुग्नेगरि उपयोग गर्न सकिन्छ त्यस्तै हरेक जातीहरुको जन्मे देखि वैवाहिक एवं मृत्युपर्यान्त अनेक संस्कारहरु संचालन गरिन्छ तिनीहरुलाई समेत प्रतिविम्वीत हुनेगरि विभिन्न मेला, उत्सवहरुमा नमुनाको रुपमा प्रदर्शित गर्ने गरि आय आर्जनको रुपमा विकास गर्न सकिने किसिमले “सांस्कृतिक पर्यटन” मा लगाउन सकिन्छ ।

हामी काठमाण्डौको कुरा मात्र गर्ने हो भने पनि विदेशी पर्यटकहरुलाई लाखे नाच, ईन्द्रजात्रा, घोडेजात्रा, कुमारीको रथ यात्रा, भोटो देखाउने जात्रा, रातो मछिन्द्रनाथको जात्रा, भैरव नाच देखि थुप्रै पर्व एवं उत्सव आदी अत्यान्तै नौलो अनुभव हुन सक्छ । यसको विकास र प्रवर्धनमा समेत ध्यान दिएर विशेष ठाउँमा यसलाई नियमित देखाईने र मनाउने बाहेक छुट्टै स्थल वा पार्कको विकास गरि यस्ता कार्यक्रमहरु नमुनाको रुपमा आयोजना गर्न सक्यौ भने पनि धेरै पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ । त्यस्तै परम्परागत हस्तकलाका सामग्रीहरु, विभिन्न कलात्मक सामाग्रीहरुको व्यवस्थीत विक्री केन्द्रहरुको विकास गर्न सकेमा समेत पर्यटकहरुलाई थप आकर्षिक गर्न सकिन्छ ।

त्यस्तैगरि धेरै किसिमका ” Cultural Tourism” लाई सपोर्ट हुने गतिविधी र कार्यक्रमलाई व्यवसायिक रुपमा संचालन गर्न सके अवस्य पनि पर्यटन क्षेत्रको विकास हुन सक्छ । केवल हिमाल आरोहरण, प्राकृतिक मनोरमदृश्य अवलोकन, साहसिक यात्रा, पदयात्रा लगायतलाई मात्र पर्यटनको मुख्य आकर्षक केन्द्रको रुपमा विकास गरेर नेपालमा उल्लेखनिय विकास हुने देखिदैन । यसको अलवा धार्मिक पर्यटन एवं सांस्कृतिक पर्यटनलाई समेत विकास गर्न सक्नुपर्दछ । अझै भारतियमुलका पर्यटकलाई ध्यानमा राखेर “योगा एवं प्राकृतिक चिकित्सा पर्यटन” लाई समेत विकास गर्न सकिने संभावना देखिन्छ । विभिन्न देशहरुमा मेडिकल पर्यटन ,व्यवसायीक पर्यटन देखि विभिन्न किसिमका पर्यटनको क्षेत्रलाई समेत विकास एवं प्रवर्धन गरिरहेको सन्दर्भमा नेपालले समेत विभिन्न क्षेत्रमा पर्यटन विकासका नयाँ सम्भावनाको खोजी गर्नु आवस्यक देखिन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • धादिङमा भाले जुधाई खेलको अन्त्य कहिले हुन्छ ? धादिङमा भाले जुधाई खेलको अन्त्य कहिले हुन्छ ?
  • धादिङे नेताहरु अल्पज्ञानी महाभ्रष्ट बुद्धि धादिङे नेताहरु अल्पज्ञानी महाभ्रष्ट बुद्धि
  • बैदेशिक रोजगारका गांठा –  यसरी फुकाऔं – बैदेशिक रोजगारका गांठा – यसरी फुकाऔं –
  • मूर्छित मानस पिताका अगाडि शोकमग्न पुत्र बाबुराम मूर्छित मानस पिताका अगाडि शोकमग्न पुत्र बाबुराम
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

    १५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

    रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

    ५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

    अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

    १५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

    सोंच

    बजार

    मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

    लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

    लागूऔषधसहित भारतीय पक्राउ

    हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

    प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

    प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

    सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

    लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...