बेलायतमा भएको दुर्घटनामा नेपाली महिलाको मृत्यु

लण्डन । बेलायतको वोकिङमा भएको सवारी दुर्घटनामा एक नेपाली महिलाको मृत्यु भएको छ ।

nepali-woman-radhika-gurung-killed-in-uk-accidentशुक्रबार राति वोकिङको मोनुमेण्ट रोडमा भएको सडक दुर्घटनामा पैदल हिँडिरहेकी ४९ वर्षीय राधिका गुरुङको मृत्यु भएको हो ।

आर्नोल्ड रोडको जंक्सन नजिकै भएको दुर्घटनामा दुर्इ कार एक आपसमा ठोक्किएका थिए, जतिबेला राधिका पुटपाथमा हिँडिरहेकी थिइन् । दुर्घटनामा परेकी उनको तत्कालै घटनास्थल आइपुगेका पारामेडिक्सले उपचार गरे पनि केहीबेरमै मृत घोषणा गरेको छ ।

संखुवासभा मच्छेपोखरी ६ घर भएकी गुरुङ सातौँ गोरखा राइफल्सका पूर्वगोरखा सैनिक धर्मराज गुरुङकी पत्नि रहेको संखुवासभा समाज युके तथा संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद् (स‌म्योजन)  समितिका संयोजक गणेश रानामगरले जानकारी दिए ।

वी नेपाली का अनुसार दुर्घटना भएका बखत  गुरुङ काम सकेर घर फर्कदै थिइन् । समयमै घर नआएपछि परिवारले मोवाइलमा सम्पर्क गर्दा प्रहरीले फोन उठाएर घटनाका बारेमा जानकारी दिएको परिवारलाई उद्धृत गर्दै रानामगरले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी
  • रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि
  • अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि
  • मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

    १५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

    रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

    ५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

    अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

    १५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

    सोंच

    बजार

    मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

    लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

    लागूऔषधसहित भारतीय पक्राउ

    हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

    प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

    प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

    सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

    लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...