२ करोड लगानीमा “प्रेम गीत २” को छायांकन शुरु

prem-geet-2-shooting-beginsकाठमाडौं: दुई करोडको लगानी रहेको फिल्म प्रेमगीत-२ को छायांकन सोमबारबाट सुरु भएको छ। पशुपती मन्दिरबाट छायंकन सुरु गरिएको फिल्मको काठमाडौं, मुगुको रारा ताल, कपिलवस्तुको लुम्बिनी, थाइल्यान्डको पताया र बैंकक हुँदै नेपाली भाषी बाहुल म्यानमारको रंगुनमा सुट हुने निर्देशन रामशरण पाठकले जानकारी दिएका छन्।

फिल्म छायांकन सुरुवातसँगै पाठकले यो फिल्म स्तरिय बनाउनु आफ्नो लागि चुनौती रहेको बताए। ‘प्रेमगीत ब्रान्डलाई क्वालिटी बनाउने चुनौति मसँग छ र यसका लागि प्रतिबद्ध छु’ उनले भने।

आशुसेन ब्यानरमा बन्न लागेको यो तेस्रो सिनेमा हो। यसअघि चंखे शंखे पंखे र प्रेमगीतले बक्सअफिसमा राम्राे प्रभाव जमाएको थियो। फिल्मलाई सन्तोष सेनले निर्माण गर्न लागेका हुन्।

फिल्ममा प्रदीप खड्का, अश्लेष ठकुरी, भुवन चन्द, श्रद्धा प्रसाइँ, कैलाश कट्वाल, राजाराम पौडेल, प्रशान्त घिमिरे, संगीता नापित, कविता रेग्मी, कुमार कार्की, मुक्तबाबु आचार्य र सौरभ क्षेत्रीको अभिनय रहनेछ।

फिल्ममा रिनशा राईको नृत्य, अष्ट महर्जनको द्धन्द्ध, पुरुषोत्तम प्रधानको छायांकन रहनेछ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • झडपपछि धादिङको जयवागेश्वरी क्याम्पसमा स्ववियु चुनाव स्थगित झडपपछि धादिङको जयवागेश्वरी क्याम्पसमा स्ववियु चुनाव स्थगित
  • धादिङ स्ववियु निर्वाचन : २ मा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल र १ मा अनेरास्ववियु निर्वाचित धादिङ स्ववियु निर्वाचन : २ मा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल र १ मा अनेरास्ववियु निर्वाचित
  • धादिंगमा भब्य कार्यक्रम गरी ल्होसार मनाइयो धादिंगमा भब्य कार्यक्रम गरी ल्होसार मनाइयो
  • धादिंगमा सालीलाई छोरी बनाई नागरिकता बनाउने पक्राऊ धादिंगमा सालीलाई छोरी बनाई नागरिकता बनाउने पक्राऊ
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

    १५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

    रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

    ५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

    अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

    १५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

    सोंच

    बजार

    मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

    लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

    लागूऔषधसहित भारतीय पक्राउ

    हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

    प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

    प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

    सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

    लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...