प्रधानमन्त्री देउवाद्धारा निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउनेलाई धन्यवाद ज्ञापन

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणअन्तर्गत आज भएको स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सहयोग पुर्याउने सबैमा धन्यवाद व्यक्त गरेका छन् ।

संविधानले नेपालको सार्वभौम अधिकार नेपाली जनतामा निहित गरेकाले लोकतन्त्रमा जनताले मुलतः निर्वाचनका माध्यमबाट नै आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्ने गरेको बताउँदै उनले भने – ‘जनताले आफ्नो निर्णायक शक्तिको प्रयोग चुनावमार्फत् गर्दछन्, यस अर्थमा नेपाली जनताले प्राप्त गरेको सार्वभौम अधिकारको प्रयोग गर्ने अवसरका रुपमा यस निर्वाचनलाई लिन सकिन्छ ।’

प्रधानमन्त्री देउवाले संविधानको स्वीकार्यता बढाई मधेसी, थारु, आदिवासी जनजातिलगायतको सहभागिता सुनिश्चित गर्ने अभिप्रायले प्रदेश नं २ मा तेस्रो चरणमा स्थानीय तहको निर्वाचन गर्न लागेको प्रष्टयाउँदै प्रदेश नं. २ का जनसमुदायलाई आफ्ना जनप्रतिनिधि चुन्ने कार्यको तयारीमा सक्रियतापूर्वक लाग्न विशेष अपिल गरे ।

निर्वाचन जस्तो ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र समझदारीप्रति हार्दिक आभार व्यक्त गर्दै उनले आगामी दिनमा पनि सदाझै सहयोग र सद्भावको अपेक्षा गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी
  • रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि
  • अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि
  • मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

    १५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

    रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

    ५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

    अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

    १५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

    सोंच

    बजार

    मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

    लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

    लागूऔषधसहित भारतीय पक्राउ

    हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

    प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

    प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

    सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

    लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...