जिल्लासभाको पहिलो बैठकः‘तत्काल संचार र बैकिङ्ग सुविधा विस्तार गर’

जाजरकोट – जाजरकोटको पहिलो जिल्ला सभाले तत्काल संचार सुविधा पुरयाउन र बैकिङ्ग सेवा विस्तारको लागी माग गरेको छ ।
निर्वाचन आयोगको निर्देशन अनुसार जाजरकोटमा बुधवार बोलाईएको पहिलो जिल्ला सभाले संचार असुविधाका कारण भेरी नगरपालिका बाहेक अन्य ६ ओटा पालिकामा संचार सुविधा नुहँदा जनप्रतिनिधी र कर्मचारीको कामकाज प्रभावित भई सेवा प्रवाहमा समस्या भएको भन्दै तत्काल संचार सुविधाको विस्तार गरि ईमेल ईन्टरनेटको ब्यवस्था गर्न संचार मन्त्रालय र संघिय मामिला तथा स्थानिय विकास मंत्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
स्थानिय विकास अधिकारी रुद्र प्रसाद पण्डितका अनुसार बैठकले भेरी नगरपालिका बाहेकका पालिकामा बैंक नभएकोले सेवा प्रवाहमा समस्याको हुँदा दुई नगरपालिका र चार गाँउपालिकामा तत्काल बैंक स्थापनाका लागी अर्थ मन्त्रालय , राष्ट्रबैक र संघिय मामिला तथा स्थानिय विकास मंत्रालयमा माग गर्ने निर्णय गरेको छ ।

त्यस्तै सवै पालिकामा क वर्गको सुरक्षा पोष्ट स्थापनाका लागि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा माग गर्ने, उचित तरीकाले स्थानिय तहमा कर्मचारी ब्यवस्थापन गर्ने , जिल्लामा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाले काम गर्दा स्थानिय तहबाट योजना पारित गराएर मात्र काम गर्ने अनुमति दिने, जिल्ला समन्वय समितिको संख्या ९ जना तोक्ने निर्णय गरिएको बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र शाहले जानकारी दिए ।

जिल्ला सदरमुकाम रहेको भेरी नगरपालिका बाहेक जिल्लाका अन्य ६ ओटा पालिकामा टेलिफोनको सुविधा विस्तार हुन सकेको छैन भने कुनै पनि बैकिङ्ग सुविधा विस्तार हुन सकेको छैन । छेडागाड र नलगाड नगरपालिकामै यातायातको सुविधा पुग्न सकेको छैन । हामीलाई काम गर्न निकै गाह्रो छ ईमेल ईन्टरनेटको त कुरै छोडौ टेलिफोनको समेत सुविधा छैन न त बैक नै छन् छेडागाड नगरपालिकाका मेयर लालबहादुर महताराले भन्नुभयो ‘यस्तो अवस्थामा कसरी सिहदरबारको अधिकार गाँउमा जान्छ । भौतिक पुर्वाधारको अभाव र आधारभूत सेवा सुविधाको अभावले सिहदरबारको अधिकार गाँउ गाँउ सम्म पुरयाउन निकै सकस छ ।’
त्यही भएर जिल्ला सभाको पहिलो बैठकले आधारभूत पुर्वाधारको ब्यवस्था गर्न सरकारका सम्बन्धित निकायमा अनुरोध गरेका उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी
  • रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि
  • अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि
  • मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

    १५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

    रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

    ५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

    अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

    १५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

    सोंच

    बजार

    मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

    लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

    लागूऔषधसहित भारतीय पक्राउ

    हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

    प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

    प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

    सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

    लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...