तपाईं अहिले धादिङ सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

धादिंगमा भब्य कार्यक्रम गरी ल्होसार मनाइयो

धादिङबेसी माघ १५ । तामाङ समुदायको २८ सय ५३ औँ ल्होसार धादिङबेसीमा भव्यताका साथ मनाइएको छ । मञ्जुश्री पात्रो अनुसार यही शनिबार देखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । बाह्रवटा जीवजन्तुको चक्रमा आधारित वर्ष परम्परा ‘बाह्र ल्हो’लाई तामाङ, गुरुङ, शेर्पा, ह्योल्मो, थकालीलगायत नेपालका बौद्ध सम्प्रदायका हिमाली भोटबर्मेली जातिमात्र होइन चीन, भारत, भुटान, थाइल्यान्ड,फुर्सदमा

माओबादी धादिंगको अध्यक्षमा जमरकट्टेल चयन

नेकपा माअ‍ोवादी केन्द्र धादिङको अध्यक्षमा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय अध्यक्ष शालिकराम जमकट्टेल चयन भएका छन । सम्मेलनबाट बरिष्ठ उपाध्यक्षमा राम बहादुर भण्डारी, सचिव  धनबहादुर बुर्लाकोटी र सहसचिवमा मनराज भण्डारी चुनिएका छन् । पुस २३ गते शनिवार देखि शुरु भई सोमवार धादिङबेसीमा सम्पन्न भएको केन्द्रको चौथो जिल्ला अधिबेशनले जमकट्टेलको अध्यक्षतामा ९९ सदस्यिय जिल्ला कमिटीको चयन गरेको हो । अध्यक्षमा चयन भएका जमकट्टेल यस अघि केन्द्रको धादिङ जिल्ला इन्चार्ज थिए ।

बुढीगण्डकी आयोजना प्रभावितले पाउने मुआब्जा यसप्रकार छ

धादिङ,१९ पुस – बूढीगण्डकी जलविद्युत आयोजनाको मुआव्जा निर्धारण समितिले धादिङ जिल्लाका स्थानीय प्रभावितले पाउने मुआव्जाको दर निर्धारण गरेको छ । धादिङ जिल्ला स्तरीय मुआब्जा निर्धारण समितिले बुढीगण्डकी जलबिद्युत्त आयोजना निर्माण हुंदा डुवानमा पर्ने जिल्लाको आरुघाट र खहरे वजार वाहेकका अन्य १३ गाविसका प्रभावितले पाउने मुआब्जाको दर निर्धारण गरेको हो । जुन यसप्रकार रहेको छ : १. बारी चाहार– प्रतिरोपनी पाँच लाख रुपैयाँ २. बारी सीम– प्रतिरोपनी पाँच लाख ३० हजारफुर्सदमा

धादिंग कांग्रेसको मन्च भत्किंदा बसिष्ठ नेता/मन्त्रिहरु भागाभाग, नेत्रीको खुट्टा भाँचियो

पुस ११, २०७३- धादिङको मिलनटोलमा निर्माण हुन लागेको विपी स्मृती भवनको सिलन्यास गर्न आएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, रामशरण महत, मिनेन्द्र रिजाल, उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादे लगायतका ४८ जना नेता कार्यकर्ता बसेको मञ्च भत्किएपछि केहि क्षण भागदौड मच्चिएको थियो ।  मञ्च भत्किनुअघि मञ्चमा बसेका नेताहरु । उक्त कार्यक्रम २ करोड ८६ लाख रुपैयाँमा बन्नलागेको भवन निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मान गर्न  राखिएको थियो । ‘ओरालो जमिनमा फलामे मञ्चको उचितफुर्सदमा

धादिंगका शिक्षकलाई विप्लब माओबादीको कालोमोसो

धादिङबेसी पौष ११ । धादिङको कुम्पुर गाविसमा रहेको वाघबच्छला माविका शिक्षक गणेश श्रेष्ठलाई विप्लव माओवादीका कार्यकर्ताले कालो मोसो दालेका छन् । परिक्षा चलि रहेको वेला सवा १ बजे एक्कासी केहि विद्यार्थी भित्र पसेर शिक्षक श्रेष्ठमाथि कालो मोसो दलेको  एक प्रत्यक्षदर्शि शिक्षकले बताए । केहि समय पहिला जवरजस्ती करणीमा प्रहरी हिरासद वसेको शिक्षक श्रेष्ठलाई राजनीतिक आस्थाका कारण प्रशासनले कार्वाही नगरेको वताउदै विप्लव निकट अनेरा स्ववियु (क्रािन्तकारी) धादिङले विद्यार्थीहरुले कालो मोसो दल्नुफुर्सदमा

धादिङमा मास, झार्लाङको आलु र लेकाली भटमासको चर्चा

धादिङबेंसीमा यही पुस ७ गतेदेखि सञ्चालित धादिङ महोत्सवमा सल्यानटारको मास, झार्लाङको आलु र लेकाली भटमासले चर्चा पाएको छ । विशेष कृषि प्रदर्शनी आकर्षणको केन्द्रका रुपमा रहेको छ । बेमौसममा उत्पादन भएका बाली तथा हस्तकला, पर्यटन, स्थानीय उद्योगका सामग्री केही कक्षमा पनि भिड लागेको आयोजक समितिका सचिवालयका रोहित भण्डारीले जानकारी दिनुभयो । यही पुस १७ गतेसम्म चल्ने महोत्सवमा रहेका दुई २१ कक्षमध्ये भारतका व्यवसायीका कक्ष पनि छन् । अचार, कपडा, खेलौना,फुर्सदमा

प्रधानमन्त्री प्रचण्डद्वारा धादिंग महोत्सव उद्घाटन, महोत्सव ११ दिन चल्ने

७ पुस,  धादिङ – धादिङ उद्योग वाणिज्य संघको आयोजना बिहिबारदेखि पाँचौ धादिङ महोत्सव सुरु भएको छ । महोत्सवको सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन जलस्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ महोत्सवको सदरमुकाम धादिङबेसीको रायटारमा महोत्सवको आयोजना गरिएको छ । कृषि प्रदर्शनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा बिक्री वितरण, हस्तकलाको प्रदर्शनी, जडीबुटी तथाफुर्सदमा

राप्रपाको केन्द्रिय उपाध्यक्षमा धादिङका बुद्धिमान तामाङ चयन

दुई राप्रपा एकीकरण भएर बनेको एकीकृत राप्रपाको केन्द्रिय उपाध्यक्षमा  धादिङका  बुद्धिमान तामाङ चयन हुनु भएको छ । मंसिर २९ गते बसेको राप्रपा केन्द्रिय समितिको बैठकले तामाङलाई उपाध्यक्षमा चयन गरेको हो । यस अघि  तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टीको उच्चस्तरीय केन्द्रीय कार्य सम्पादन समितिका सदस्य हुनुहुन्थ्यो । राप्रपा र जनशक्ति पार्टीबीच एकता हुनु अघि उहाँ जनशक्ति पार्टीको महामन्त्री हुनुहुन्थ्यो । राप्रपा र जनशक्ति  पार्टी मिलेर बनेको राप्रपामा पनि तामाङ महामन्त्री नै हुनुहुन्थ्योफुर्सदमा

स्कुल गएका धादिंगका बालक बेपत्ता , खोजिदिन आग्रह

घरबाट विद्यालय जान निस्किएका धुषा–१, आदमाराका सन्तोष गिरी १० दिनदेखि बेपत्ता भएका छन् । बेनीघाटस्थित चन्द्रोदय माविमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीय गिरी यही मङ्सिर १७ गतेदेखि हराएका हुन् । सन्तोषका बुबा शङ्करले बिहान पोसाक लगाएर विद्यालयका लागि घरबाट निस्किएकामा छोरा विद्यालय नपुगेको र आफन्त र साथीहरु भएका सबै ठाउँमा खोज्दा नभेटिएको बताए।   सन्तोषको खोजी गरिदिन उनका परिवार र आफन्तले विभिन्न निकायमा हारगुहार गरिरहेका छन् । देख्ने वाफुर्सदमा

प्रकृति मिस धादिंग आइडल र सावित्री मिसेस धादिंग आइडल बनिन

धादिङ- मिस धादिङ आइडल २०१६ को उपाधि प्रकृति राना मगरले जितेकी छन्। सदरमुकाम धादिङबेसीमा आयोजित प्रतियोगीतामा २० जना प्रतियोगीहरुलाई पछि पार्दै उपाधि प्रकृतिले जितेकी हुन्। उनले मिस धादिङ आइडलका साथै वेष्ट हेयरको  पनि अवार्ड जितिन्। प्रतियोगीतामा फस्ट रनरअफ प्रमिला भट्ट, सेकेण्ड रनरअफ ईसु तामाङ, थर्ड रनरअफ कोपिला राना मगर र फोर्थ रनरअफ आशा तामाङ भईन्। त्यस्तै मिसेस धादिङ आइडलको उपाधि सावित्रि श्रेष्ठले हात पारेकी छन्। १२ जना प्रतियोगीहरुलाई पछि पार्दैफुर्सदमा

प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

१५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

१५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

सोंच

बजार

मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

लागूऔषधसहित भारतीय पक्राउ

हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...