तपाईं अहिले धादिङ समाज सहयोग अभियान सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

फिलिपिन्समा जोया र जिबनको बिवाह सम्पन्न (हेर्नोस १३ फोटोहरु )

अन्तत कैयन नेपालीहरुको सहयोग पश्चात जोया र जिबनको बिवाह सम्पन्न भएको छ आजै बिहान फिलिपिन्सको बकोलोड स्थित कोर्टमा उनीहरुको बिवाह सम्पन्न भएको हो बधाई छ , मायाका यी अनुपम जोडीलाई ! हामीलाई जोया जीवनले उपलब्ध गराएका फोटोहरु :

इजरायलमा कार्यरत नेपालीबाट धादिङका ९ विद्यालयलाई ९ लाख ७२ हजार सहयोग

कृष्ण थापा, इजरायल । इजरायलमा कार्यरत नेपाली कामदारहरुले धादिङ जिल्लाका भुकम्पले क्षतिग्रस्त र अझैसम्म पनि सहयोग पुग्न नसकेका नौ विद्यालयहरुलाई मर्मत सम्भार र पुनर्स्थापनाका लागि आर्थिक सहयोग गरेका छन । रोजगारीको सिलसिलामा इजरायल पुगेका नेपालीहरुले यस अघि नै भुकम्प पिडित सहयोग अभियान सन्चालन गरि चरणबद्ध रुपमा भुकम्पले अति प्रभावित विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएका थिए । कर्मले संसारको जुनसुकै कुनामा पुगेपनि आफ्नो जन्मभूमि जन्मस्थानको सेवा गर्नु हाम्रो कर्तव्य हो भन्दैफुर्सदमा

धादिङ्गका मृगौला पिडित कृष्ण शाहीलाई इजरायलबाट सहयोग

धादिङ आगिनचोक घर भएका २७ बर्सीय मिर्गौला पीड़ित कृष्ण शाहीलाई उपचारको लागि इजरायलबाट राज छतकुलीको संयोजकतामा वैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा काम गर्दै आउनु भएको परोपकारी मनका धनी नेपाली दाजु भाई दिदीबहिनीहरुबाट उठाइएको ८०,००० रुपैयाँ परोपकारी सामाजिक संस्था लक्ष्मी प्रतिष्ठान द्वारा सहयोग हस्तान्तरण सम्प्पन गरिएको छ । सहयोगी मनहरुको नामावली (नाम र सहयोग रकम सेकेलमा) यसप्रकार छ : राज छत्कुली 101 बिष्णु सिम्खडा 101 कृष्ण थापा 101 रत्तन छेत्री 51 रोजीफुर्सदमा

धादिङ सेवा समाज इजरायलबाट निलकण्ठको सुन्दरादेवी प्राविलाई आर्थिक सहयोग

वैदेशिक रोजगारीको सिलसिलामा धादिङ जिल्लाबाट इजरायलमा कार्यरत रहनुभएका साथीहरुको संस्था ‘धादिङ सेवा समाज इजरायल’को पहलमा बिगत केही महिना अगाडी देशमा आएको विनाशकारी महा भूकम्पमा परि धादिङ जिल्ला निलकण्ठ-३, रानाडाँडास्थित सुन्दरादेवी प्राथमिक विद्यालयको भौतिक संरचना पुनस्थापना गर्ने उदेश्यले एक हातेमालो सहयोग अभियान संचालन गरिएको थियो । सोही सिलसिलामा धादिङ सेवा समाज इजरायलको पहलमा इजरायल लगायत देश विदेशका अन्य बिभिन्न स्थानका सहयोगी मनहरुबाट केही रकम सहयोग संकलन गरी विजया दशमीको शुभकामना सहितफुर्सदमा

बडादशैंको शुभकामना सहित सल्यानटारमा क्रिकेट प्रतियोगिता

धादिङ्ग जिल्लाको त्रिपुरेश्वर खेलकुद विकास समितिको आयोजनामा धादिङ्गकै उत्तरी क्षेत्र सल्यानटारमा विजया दशमीको शुभ अवसरमा स्थानीय युवाहरुको लागि क्रिकेट प्रतियोगिता हुन गैरहेको छ । खेलकुदको माध्यमबाट बडादशैंको शुभकामना आदान प्रदान गर्न र युवाहरुको बढ्दो क्रिकेट रुचीलाई हौसला प्रदान गर्ने उद्देश्यकासाथ यही असोज ३० गते देखि कार्तिक ३ गते सम्म आयोजना गरिएको सो प्रतियोगितामा आवश्यक क्रिकेटका सामाग्रीहरु खरीद गर्न तथा पुरस्कार वितरण गर्नका लागि ईजरायलमा कार्यरत साथीहरुले २५ हजार रुपैयाँ सहयोगफुर्सदमा

धादिङ सल्यानटारको चक्रदेवी नि.मा.वि.मा सरस्वती मन्दीर निर्माण

  धादिङ जिल्लाको सल्यानटार गाविस वडा न. ५ खोल्सीस्थित श्री चक्रदेवी निम्न माद्यामिक विद्यालयको हाताभित्र स्थानीय समाजसेवीको प्रयासमा सरस्वती मन्दीरको निर्माणकार्य सम्पन्न भएको छ । धादिङ सेवा समाजसँग आबद्ध भएर समाजसेवामा सक्रियताका साथ् लागिपर्नु भएका इजरायलमा कार्यरत युवा राज छत्कुलीको व्यक्तिगत पहलमा उहाँले आफ्ना पिता भुवानेस्वर छत्कुली र माता ओमकुमारी छत्कुलीको नाउमा सो मन्दीर निर्माण गराएको उहाँले बताउनु भयो । वालवालिकामा धार्मिक आस्था बढाउनुको साथै विद्याकी देवी सरस्वतीको पूजा गर्नफुर्सदमा

धादिङ समाजद्वारा बिद्यालयलाई जस्ता पाता वितरण

सन्तोष अधिकारी सोल -भूकम्पको चपेटामा परेको जिल्ला धादिङको उत्तरी भेगमा रहेका बिभिन्न्न ७ बिद्यालयहरुलई धादिङ समाज कोरियाले जस्ता पाता वितरण गरेको छ। समाजले अचने ऊमाबि त्रिपुरेश्वर, भीमोदय माबि आगिन्चोक , कमला देबी नीमाबि मुलपानी, महा लक्ष्मी ऊमाबि बसेरी, बसेरी माबि बसेरी, तामाङ खर्क ऊमाबि गुम्दी र गणेश माबि दार्खा गरि जम्मा १० फुटे जस्ता पाता ४४ बन्डल वितरण तथा हस्तान्तरण गरेको हो । उक्त हस्तान्तरण कार्यक्रममा समाजका महासचिब लगाएत ५फुर्सदमा

धादिङ सेवा समाज इजरायलले विद्यालय भवन निर्माणमा सहयोग गर्ने

धादिङ घर भई रोजगारीको सिलसिलामा हाल इजरायलमा रहेका नेपालीहरुको हातेमालो संस्था धादिङ सेवा समाज इजरायलले विद्यालय भवन निर्माणमा सहयोग गर्ने भएको छ । अबको सहयोग राहत दाल, चामलमा भन्दा पनि पुनर्स्थापनामा केन्द्रित हुन सक्यो भने मात्र प्रभावकारी हुनेछ भन्ने मान्यताका साथ् धादिङ सेवा समाज इजरायलले धादिङ जिल्लाको निलकन्ठको रानाडाडामा अवस्थित एक प्राथमिक विद्यालयको भवन निर्माणको लागि पहल गर्दैछ । मुलत दलित र जनजाति विद्यार्थीहरुको वाहुल्यता रहेको सुन्दरादेवी प्राथमिक विद्यालयको भवनफुर्सदमा

‘हेल्प साथी’ अभियान चलाउदै धादिंगे साथीहरु

विनाशकारी भूकम्पमा परी हजारौं नेपालीले घरबार र आफन्त गुमाउन पुगेका छन । यही विपत्तिमा घरबार र श्रीमान समेत गुमाउन परेकी धादिङकी चेली सिता भट्ट र उनको बालक छोराको सहायतार्थ उनका साथीहरुले ‘हेल्प साथी’ नामक अभियान चलाएका छन । धादिङ बेसीको निलकण्ठ विद्यालयमा २०५४/ ५५ सालको एसएलसी ब्याचका विद्यार्थीहरुले सँगै पढेकी साथी सिता भट्टको वेदनामा सानो साथ् दिन यो अभियान चलाएका हुन । अध्ययन सकेर बल्ल कमाउने जागीर गर्ने समयमा श्रीमानफुर्सदमा

भुकम्प पिडित सहयोग अभियान इजरायलद्वारा धादिङमा राहत वितरण

देशमा गएको महाविनाशकारी भुकम्पमा परि घरवार विहिन भई पिडित भएकाहरुको सहयोगार्थ इजरायलमा रहेका नेपालीहरु द्वारा संचालन गरिएको भुकम्प पिडित सहयोग अभियानद्वारा धादिङ जिल्लाको नीलकन्ठ – ४ का अति प्रभावित गाँउहरु सिम्पानी र राम्चेमा राहत वितरण गरिएको छ । करीब ९९ प्रतिशत घरहरु ध्वस्त भएको सो भेगमा रहेका कुल ७५ घर परिवारलाई राहत स्वरुप खाद्य सामाग्री वितरण गरिएको हो । स्थानीय समाजसेवी र युवाहरुको सहभागितामा राहत स्वरुप एक लाख पचास हजारफुर्सदमा

प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

१५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

१५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

सोंच

बजार

मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

लागूऔषधसहित भारतीय पक्राउ

हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...