धादिङ सेवा समाज

धादिङ सेवा समाज

 

 

धादिङ सेवा समाज धादिङमा जन्मिएका हुर्किएका वा धादिङलाई कुनै समय कर्मथलो बनाएका साथीहरुको हातेमालो संस्था हो । धादिङ जिल्लाका हामीहरु अहिले संसारका जुनसुकै कुनामा पुगेका किन नहोउँ तर आफ्नो मातृभूमी प्रतिको प्रेम सद्भाव र दायित्वलाई हृदंगम गर्दै भावनात्मक रुपमा एकताबद्ध हुनका साथै मन, वचन र कर्मले सक्रिय सहयोग गर्न हामीले धादिङ सेवा समाजको परिकल्पना गरेका हौँ ।

धादिङ सेवा समाज कुनै दल या राजनीतिक पार्टीसंग सम्बन्धित हुने छैन । निस्वार्थ भावनाका साथ धादिङ जिल्लाका साथीभाईहरुमा हातेमालो गर्ने, धादिङसंग सम्बन्धित गतिबिधिहरु, योजनाहरु र विचारहरुको आदानप्रदान गर्ने, धादिङ जिल्लाको विकासको लागि सक्दो मदत गर्ने र विदेशमा अप्ठेरोमा पर्नु भएका साथीहरुलाई सर सहयोग गर्ने पवित्र उदेश्यका साथ् स्वस्फुर्त रुपमा सहभागी हुनु भएका तपाईं हामीहरुकै संस्था हो – धादिङ सेवा समाज ।

हामीले धादिङ सेवा समाजको अवधारणा अहिले प्रवासबाट आरम्भ गरेका हौँ तर स्वदेश फर्किएर पनि हामी प्रत्यक्ष भेटघाट, इन्टरनेट सन्जाल या विभिन्न श्रोत र माध्यम मार्फत एक भई जहाँ जसरी जुन अवस्थामा हुन्छ त्यसरी नै यथाशक्य सरसहयोग र भावनात्मक सामिप्यता बनाई राख्ने क्रमलाई अनन्तकालसम्म निरन्तरता दिनेछौं ।


प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

१५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

१५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

सोंच

बजार

मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

लागूऔषधसहित भारतीय पक्राउ

हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...