पहिरोले घर बगाउँदा दुईको मृत्यु, दुई बेपत्ता

चरिकोट – दोलखा भिमेश्वर नगरपालिका–९ लाकुरीडाँडास्थित कुतकुते भन्ने स्थानमा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३५ वर्षिया शान्ति थामी र ७० वर्षीया लाटी थामी रहेका छन् । नजिकैको क्याङथली खोलाबाट दुबै जनाको शब निकालिएको छ ।

पहिरोमा पुरिएर अन्य दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मृतक शान्ति थामीका छोरी १५ वर्षिया रोशनी थामी र १२ वर्षीय रितु थामी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब निरीक्षक रामेश्वर कार्कीले बताए ।

 

स्थानीयको सहयोगमा नेपाल प्रहरी र दोलखास्थित नेपाली सेनाको रणभिम गणले बेपत्ता दुबै जनाको खोजीकार्य गरिरहेको जिप्रका दोलखाले जनाएको छ ।

घरमासँगै सुतिरहेका शान्ति थामीका श्रीमान् मङ्गले थामीको पेट दुखेर राती करिब साढे १ बजेतिर घर नजिकै रहेको चर्पीमा जाँदा उनी पहिरोबाट बाच्न सफल भएको बताइएको छ । उनले रुँदै भने चर्पीबाट फर्कँदा घरसहित परिवार नै पहिरोले बगाइसकेको रहेछ ।

दोलखाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा सहितको टोलीले घटनास्थलको स्थलगत अनुगमन र निरीक्षण गरी मृतकका परिवारलाई राहत समेत उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालयको समन्वयमा जिल्ला जनस्वास्थ्य कार्यालयबाट घटनास्थलमा पुगेका चिकित्सकसहितको टोलीले शब परिक्षण गरी आजै परिवारका आफन्त र छिमेकीको जिम्मामा लगाई दाहसंस्कार गर्न भनिएको प्रहरी नायब निरीक्षक कार्कीले बताए ।

कुतकुतेलगायत गोगने, आहालडाँडा, डाडाँगाउँ र लामाकोलका ९५ घरपरिवार पहिरोको उच्च जोखिममा रहेका छन् । पहिरोको उच्च जोखिम बारे सरकारी संयन्त्रलाई थाहा हुँदा हुँदै पनि सुरक्षित बस्तीका लागि पहल नगरिएको गुणासो स्थानीयको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • ललितपुरको औद्योगिक क्षेत्रमा भीषण आगलागी
  • चितवनको चुनावका लागि यस्तो प्रतिवद्धता सार्वजनिक गरे प्रचण्डले (पूर्ण पाठसहित)
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी
  • रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि
  • ललितपुरको औद्योगिक क्षेत्रमा भीषण आगलागी

    ललितपुर । ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ ...

    चितवनको चुनावका लागि यस्तो प्रतिवद्धता सार्वजनिक गरे प्रचण्डले (पूर्ण पाठसहित)

    काठमाडौं – नेपाली जनताका प्रतिनिधिहरुबाट बनेको संविधानको ...

    प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

    १५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

    सोंच

    बजार

    मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

    लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

    लागूऔषधसहित भारतीय पक्राउ

    हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

    प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

    प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

    सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

    लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...