मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात कुटपिट गरिएको छ ।

बोदे बसाईन नगरपालिका– ६ का ४२ वर्षीय लीलाधर दास (तत्मा) लाई मङ्गलबार साँझ गैर दलित समुदायका व्यक्तिले कुटपिट गरेका हुन् ।

कुटपिटबाट गम्भरी घाईतेभएका दासलाई आज स्थानीयले उपचारका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा भर्ना गराएपछि घटना सार्वजनिक भएको हो ।
घाइते दासको देब्रे हात भाँचिएको छ भने शरीरका अन्य विभिन्न भागमा चोट लागेको छ । राजविराजमा उनको उपचार हुन नसक्ने भएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।

स्थानीय डिहीबार थानमा हुने ‘असारी पूजा’ गर्न गएका बेला ‘हाम्रो भगवान् किन छोएको ?’ भन्दै स्थानीय राजकुमार यादव, कासिन्द्र यादव, रामचन्द्र यादव, सकलदेव यादव, जितेन्द्र साह लगायतका व्यक्तिले आफूमाथि अचानक आक्रमण गरेको घाइते दासले जानकारी दिए।

अन्धाधुन्ध कुटपिट गर्न थालेपछि केही युवाले आफूलाई आक्रमणकारीबाट छुटाएर ज्यान बचाइदिएकोसमेत पीडित दासको भनाइ छ । घटनापछि आफूले इलाका प्रहरी कार्यालय बोदे बसाईनमा ठाडो उजुरीसमेत दिएको बताउँदै उनले प्रहरीले घटनामा खासै चासो नदिएको आरोपसमेत लगाए ।

यता इप्रका बोदे बसाईनका प्रहरी नायब निरीक्षक उमा शङ्कर सिंहले पीडितको उजुरीका आधारमा कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • ललितपुरको औद्योगिक क्षेत्रमा भीषण आगलागी
  • चितवनको चुनावका लागि यस्तो प्रतिवद्धता सार्वजनिक गरे प्रचण्डले (पूर्ण पाठसहित)
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी
  • रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि
  • ललितपुरको औद्योगिक क्षेत्रमा भीषण आगलागी

    ललितपुर । ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ ...

    चितवनको चुनावका लागि यस्तो प्रतिवद्धता सार्वजनिक गरे प्रचण्डले (पूर्ण पाठसहित)

    काठमाडौं – नेपाली जनताका प्रतिनिधिहरुबाट बनेको संविधानको ...

    प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

    १५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

    सोंच

    बजार

    मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

    लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

    लागूऔषधसहित भारतीय पक्राउ

    हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

    प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

    प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

    सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

    लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...