अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

१५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनले अग्रता लिएको छ । जिल्लामा २ तहमा कांग्रेस र एउटामा एमालेको अग्रता छ ।

जिल्लाको सदरमुकाममा रहेको सन्धिखर्क नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भई चुनावी मैदानमा होमिएका थिए ।

 

प्रारम्भिक गणनामा सन्धिखर्क नगरपालिकामा कांग्रेसका मेयर पदका उम्मेदवार कमलप्रसाद भुसालको ३३१ मत, तालमेल माओवादी केन्द्र उपमेयर पदका उम्मेदवार ठाकुर कुमार विकको ३०३ मत आएको छ ।

एमालेका मेयर पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठको ३२२ मत, उपमेयर ईश्वरा पोख्रेलको २८८ मत आएको छ । सन्धिखर्क नगरपालिकामा सुरुवातमै कांग्रेस माओवादी गठबन्धन र एमालेबीच निकै प्रतिस्पर्धा भइरहेको छ ।

सन्धिखर्क नगरपालीकामा वडा नम्बर १ र १२ वडाको मतगणना भइरहेको छ । १ माएमाले र १२ मा वडामा कांग्रेस अगाडि रहेका छन ।

सितगंगा नगरपालिकामा पनि कांग्रेस माओवादी गठबन्धन भएको थियो । मेयरमा कांग्रेसका सुर्यप्रसाद अधिकारीको ३७६ मत, उपमेयरमा माओवादीका टिका रेश्मीको २९५ मत आएको छ ।

एमालेका मेयर बसन्त श्रेष्ठको ३७६ मत र उपमेयर गीता भाटको ३९२ मत आएको छ । सितगंगामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले अगाडि रहेको छ । सितगंगामा वडा नम्बर १ सुवर्णखाल र जलुकेको गणना भईरहेको छ ।

भूमिकाथान नगरपालिकामा पनि कांग्रेस माओवादी गठबन्धन भएको थियो । मेयरमा माओवादीका रेशम थापाको ४४७, उपमेयरमा कांग्रेसका खडानन्द बेल्बासेको ४७१मत, नेकपा एमालेका मेयर पिताम्बर भुसालको ५१० मत, उपमेयरमा सुनिता बेल्वासेको ५९२ मत, राष्ट्रिय जनमोर्चाका मेयरका उम्मेदवार कबिराम खनालको ३३२ र उपमेयर सकुन्तला रानाको २३६ मत आएको छ । भूमिकास्थान नगरपालिका वडा नम्बर १० धनचौर र वडा नम्बर १ ढाकाबाङ्गको मतगणना भईरहेको छ ।

उक्त नगरपालिकामा कांग्रेस, माओवादी गठबन्धन, एमाले र जनमोर्चाबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । छत्रदेव गाउँपालिकामा कांग्रेसका अध्यक्ष पदका उम्मेदवार लेखनाथ पोख्रेलले ८२०, उपाध्यक्ष तुल्सादेवी श्रेष्ठको ८७१, एमालेका अध्यक्ष ऋषि अधिकारीको ७२५, उपाध्यक्ष मनि पन्थीको ६६९ मत आएको छ । छत्रदेवमा कांग्रेस, एमाले र माओवादी एक्लाएक्लै चुनावी मैदानमा थिए ।

मालारानी गाउँपालिकामा कांग्रेस माओवादी गठबन्धन भएको थियो । गठबन्धनबाट माओवादीका अध्यक्ष पदम क्षेत्रीको ४१७ मत, कांग्रेसका उपाध्यक्ष शान्ता खनालको ३५०, एमालेका अध्यक्ष बालकृष्ण आचार्यको ३८७ र उपाध्यक्ष प्रमिला क्षेत्रीको ४१४ मत आएको छ । मालारानीमा पनि माओवादी कांग्रेस गठबन्धन र एमालेको प्रतिस्पर्धा हुनेछ ।

पाणिनी गाउँपालिकामा कांग्रेसका अध्यक्ष अच्युत गौतमको १३६, उपाध्यक्ष अम्बिका पोख्रेलको १४५, एमालेका अध्यक्ष जीवनारायण कोईरालाको १३२, उपाध्यक्ष लक्ष्मी गौतमको १२७, माओवादी केन्द्रका अध्यक्ष श्रीहरी गौतमको ५१ र उपाध्यक्ष विमला गौतमको ४८ मत आएको छ । पाणिनी गाउँपालिकामा कांग्रेस र एमालेको प्रतिस्पर्धा हुन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • ललितपुरको औद्योगिक क्षेत्रमा भीषण आगलागी
  • चितवनको चुनावका लागि यस्तो प्रतिवद्धता सार्वजनिक गरे प्रचण्डले (पूर्ण पाठसहित)
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी
  • रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि
  • ललितपुरको औद्योगिक क्षेत्रमा भीषण आगलागी

    ललितपुर । ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ ...

    चितवनको चुनावका लागि यस्तो प्रतिवद्धता सार्वजनिक गरे प्रचण्डले (पूर्ण पाठसहित)

    काठमाडौं – नेपाली जनताका प्रतिनिधिहरुबाट बनेको संविधानको ...

    प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

    १५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

    सोंच

    बजार

    मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

    लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

    लागूऔषधसहित भारतीय पक्राउ

    हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

    प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

    प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

    सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

    लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...