रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा नेपाली काँग्रेस र एमाले र फोरम नेपालले सुरुवाती मतगणनामा अग्रता लिएको छन् ।

जिल्लामा १६ स्थानिय तह रहेपनि एक तह कोटहीमाई गाउँपालिकामा माओवादी केन्द्रको सदस्य पदका उम्मेदवारको मृत्यु भएको कारण उक्त गाउँपालिकाको चुनाव स्थगित गरिएको थियो । यही असार १६ गते कोटहीमाई गाउँपालिकामा चुनाव हुनेछ ।

मुख्य दलहरु मध्ये सुरुवाती मतगणनामा काँग्रेसले जिल्लाको ५ तहमा र एमालले ४ तहमा अग्रपंक्तिमा रहेको छ । माओवादी केन्द्र र राप्रपाले अझै पनि जिल्लाको कुनै तहमा अग्रता लिन सकेका छैनन् ।

काँग्रेसले जिल्लाको बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, सम्मरीमाई गाउँपालिकाको सुरुवाती मतगणनामा अग्रता लिएको छ भने एमाले सैनामैना नगरपालिका, ओमसतिया गाउँपालिका, सियारी गाउँपालिका र कंचन गाउँपालिकाको सुरुवाती मतगणनामा अग्रता लिएको छ ।

त्यस्तै सयुक्त रुपमा चुनावी मैदानमा उत्रिएको संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिले जिल्लाको ४ स्थानिय हतमा अग्रस्थानमा रहेको छ । फोरम नेपाल रोहिणी गाउँपालिका, मायादेवी गाउँपालिका, गैडहवा गाउँपालिका र शुद्धोधन गाउँपालिकामा अग्रस्थानमा रहेको छ ।

यस्तै जिल्लाको २ स्थानिय तह मर्चवारी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा प्रमुख पदमा स्वतन्त्र उम्मेदवार अग्रस्थानमा रहेको छन् । राप्रपा जिल्लाको एक तह ओमसतिया गाउँपालिकामा झिनो मतले लिड गरिरहेको छ ।

समाचार तयार पर्दासम्म काँग्रेसले बुटवल उपमहानगरको मेयरमा ९ सय ७७ मत प्राप्त गरेर फराकिलो मतान्तरले अग्रस्थानमा छ भने एमालले यस उपमहानगरमा ४ सय ९८ मत प्राप्त गरेर दोस्रोमा स्थानमा रहेको छ ।

तिलोत्तमा नगरपालिकामा काँग्रेसले मेयर पदमा ५ सय २४ मत प्राप्त गरेर अग्रस्थानमा रहेको छ भने ४ सय ९८ मत प्राप्त गरेर एमाले दोस्रो स्थानमा छ ।

त्यस्तै देवदह नगरपालिकाको मेयरमा ४ सय १६ मत प्राप्त काँग्रेसले अग्रता लिएको छ भने ३ सय ३२ मत प्राप्त गरेर एमाले दोस्रो स्थानमा छ ।

सिद्धार्थनगरपालिकाको मेयरमा काँग्रेसले मतगणना भएदेखि नै अग्रस्थानमा रहेको छ । काँग्रेस मेयरमा ४ सय २३ मत प्राप्त गरेर झिनो मत पहिलो स्थानमा छ भने एमालेले ४ सय १७ मत प्राप्त गरेर दोस्रो स्थानमा छ ।

मधेसी सामुदायको बाहुल्यता क्षेत्र रहेको सम्मरीमाई गाउँपालिकामा पनि काँग्रेस अग्रस्थानमा रहेको छ । सैनामैना नगरपालिकामा एमालेले मेयर पद सहित अधिकांश पदमा फराकिलो मत अग्रस्थानमा रहेको छ ।

त्यस्तै कंचन गाउँपालिकाको अध्यक्ष पदमा एमालेले एक हजार ३ सय ४० मत प्राप्त गरेर पहिलो स्थानमा छ भने एक हजार एक सय ६५ मत प्राप्त गरेर काँग्रेस गाउँपालिकाको अध्यक्ष पदमा दोस्रो स्थानमा रहेको छ ।

सियारी गाउँपालिकामा अध्यक्ष पदमा १ सय ८७ मत प्राप्त गरेर पहिलो स्थानमा रहेको छ भने एक सय ३३ मत प्राप्त गरेर काँग्रेस दोस्रो स्थानमा रहेको छ ।

जिल्लाको चार स्थानिय तहमा अग्रस्थानमा रहेको फोरम नेपाल र नयाँशक्तिले रोहिणी गाउँपालिकामा ५ सय ६३ मत प्राप्त गरेर पहिलो स्थानमा छ । ४ सय १३ मत प्राप्त गरेको काँग्रेस दोस्रोमा छ ।

मायादेवी गाउँपालिकामा ३ सय २ मत प्राप्त गरेर अग्रस्थानमा छ भने २ सय २५ मत प्राप्त गरेको स्वतन्त्र उम्मेदवार दोस्रोमा छन् ।

यस्तै ६ सय १६ मत प्राप्त गरेर गैडहवा गाउँपालिकाको अध्यक्ष पदमा अग्रस्थानमा रहेको फोरम नेपाललाई काँग्रेसले अध्यक्ष पदमा ६ सय मत प्राप्त गरेर पछि लागेको छ ।

शुद्धोधन गाउँपालिकामा ६ सय ९९ मत प्राप्त गरेर अध्यक्ष पदमा झिनो मतले अग्रस्थानमा रहेको फोरम नेपाललाई यस गाउँपालिकामा पनि काँग्रेसले अध्यक्ष पदमा ६ सय ८८ मत प्राप्त गरेर पछिपछि लागेको छ ।

त्यस्तै मर्चवारी गाउँपालिकाको अध्यक्ष पदमा क्यामरा चुनाव चिन्ह रहेको स्वतन्त्र उम्मेदवारले ३ सय २ मत प्राप्त गरेर पहिलो स्थानमा रहेको छ भने अर्का केटाकेटी चुनाव चिन्ह रहेको स्वतन्त्र उम्मेदवारले २ सय २५ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेका छन् ।

लुम्बिनी सांस्कृतिका नगरपालिकाबाट शंख चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका स्वतन्त्र उम्मेदवार मनमोहन चौधरीले १ सय १७ मत प्राप्त गरेर अग्रस्थानमा छन् भने ३८ मत प्राप्त गरेर फोरम नेपाल दोस्रो स्थानमा रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • ललितपुरको औद्योगिक क्षेत्रमा भीषण आगलागी
  • चितवनको चुनावका लागि यस्तो प्रतिवद्धता सार्वजनिक गरे प्रचण्डले (पूर्ण पाठसहित)
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी
  • अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि
  • ललितपुरको औद्योगिक क्षेत्रमा भीषण आगलागी

    ललितपुर । ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ ...

    चितवनको चुनावका लागि यस्तो प्रतिवद्धता सार्वजनिक गरे प्रचण्डले (पूर्ण पाठसहित)

    काठमाडौं – नेपाली जनताका प्रतिनिधिहरुबाट बनेको संविधानको ...

    प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

    १५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

    सोंच

    बजार

    मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

    लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

    लागूऔषधसहित भारतीय पक्राउ

    हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

    प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

    प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

    सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

    लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...