Thursday, June 29th, 2017

 

मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात कुटपिट गरिएको छ । बोदे बसाईन नगरपालिका– ६ का ४२ वर्षीय लीलाधर दास (तत्मा) लाई मङ्गलबार साँझ गैर दलित समुदायका व्यक्तिले कुटपिट गरेका हुन् । कुटपिटबाट गम्भरी घाईतेभएका दासलाई आज स्थानीयले उपचारका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा भर्ना गराएपछि घटना सार्वजनिक भएको हो । घाइते दासको देब्रे हात भाँचिएको छ भने शरीरका अन्य विभिन्न भागमा चोट लागेको छ । राजविराजमा उनको उपचार हुन नसक्ने भएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जानकारीफुर्सदमा


लागूऔषधसहित भारतीय पक्राउ

हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका वडा नं. ७ स्थित प्रहरी चेकपोष्टमा चेकजाँचका क्रममा लागूऔषधसहित भारतीय नागरिक पक्राउ परेका हुन् । चितवनबाट हेटौडातर्फ आउँदै गरेको बीआर ०६ जीए ४४२३ नम्बरको भारतीय ट्रक प्रहरीले शंका मानी चेकजाँच गरेको थियो । पक्राउ पर्नेमा ट्रक चालक भारत मोतिहारीथाना रामगढवाग्राम मझरिया १ बस्ने २० वर्षीय सुधीर राम रहेको प्रहरीले जनाएको छ । चालक रामले ट्रकको चालक पछाडीको सिट मुनीको भागमा लुकाई छिपाई ल्याएको लागूऔषध गाजा १ सय २०फुर्सदमा


प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ प्रतिशत मत खसेको छ । २ नगरपालिका र ७ गाउँपालिका रहेको प्यूठानमा १ लाख २७ हजार ४ सय ४७ जना कुल मतदाता रहेका थिए । जसमध्ये ७०.७६ प्रतिशत मतदानमा सहभागी भएको जिल्ला निर्वाचन अधिकृत कृष्ण कुँवरले जानकारी दिए । पूर्व मन्त्रीद्धारा मतदान सुभारम्भ प्यूठान नगपालिका ७ स्वर्गद्धारी क्याम्पसमा रहेका मतदान केन्द्रबाट पुर्व सामान्य प्रसाशन मन्त्री रेखा शर्माले बिहान ठिन ७ बजे मतदान गरी सुभारम्भ गरेकी थिइन् । कुनै ठाउँमा भने विविध कारणले तोकिएको समयभन्दा अलि ठिलोदेखि सुरु मतदान भएकोफुर्सदमा


सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा निजी विद्यालयलाई जिल्ला शिक्षा कार्यालय सिरहाले बन्द गराएको छ । अनुमतिबिना अवैधरुपमा सञ्चालनमा रहेका निजी विद्यालयमाथि कारबाही अभियान सुरु गरेको जिशिकाले ती विद्यालय बन्द गराएका हुन् । पटकपटक विद्यालय बन्द गर्न जिशिकाले दिएको निर्देशन अटेर गरेकाले जिल्ला शिक्षा अधिकारी अरविन्दलाल कर्ण नेतृत्वको टोलीले जिल्लाको धनगढी स्रोत केन्द्र अन्तर्गतका चार, लहान स्रोत केन्द्र अन्तर्गतका चार तथा पोखरभिण्डा स्रोत केन्द्र अन्तर्गतका दुई वटा विद्यालय बन्द गराएको जिल्ला शिक्षा कार्यालय सिरहाले जनाएको छ । सिरहाको धनगढीमाई नगरपालिका–१० स्थित मेरिगोल्ड अङ्गे्रजी आवासीय विद्यालय,फुर्सदमा


सुदूरपश्चिमभर उत्साहजनक मतदान

शेर बहादुर सिंह भीमदत्तनगर – स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सुदूरपश्चिममा मतदाताको उत्साहजनक सहभागिता रहेको पाइएको छ । बुधबार सम्पन्न निर्वाचनमा यहाँका नौवटै जिल्लामा ६० प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भिक तथ्याङ्क जिल्ला निर्वाचन कार्यालयहरुले सार्वजनिक गरेका छन् । प्रारम्भिक जानकारी अनुसार सबैभन्दा बढी मतदाता रहेको सुदूरपश्चिमको कैलाली जिल्लामा ७० प्रतिशत मतदाताले मतदान गरेका छन् । क्षेत्रीय निर्वाचन कार्यालयका सूचना अधिकृत प्रेमराज भट्टले कुल चार लाख ३ हजार २८० मतदाता रहेको कैलालीमा ७० प्रतिशतले मतदान गरेको प्रारम्भिक जानकारी आएको बताए । त्यसैगरी, दुई लाख ३५ हजार ७३५ मतदाता रहेको कञ्चनपुरमा ६८फुर्सदमा


पहिरोले घर बगाउँदा दुईको मृत्यु, दुई बेपत्ता

चरिकोट – दोलखा भिमेश्वर नगरपालिका–९ लाकुरीडाँडास्थित कुतकुते भन्ने स्थानमा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षिया शान्ति थामी र ७० वर्षीया लाटी थामी रहेका छन् । नजिकैको क्याङथली खोलाबाट दुबै जनाको शब निकालिएको छ । पहिरोमा पुरिएर अन्य दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मृतक शान्ति थामीका छोरी १५ वर्षिया रोशनी थामी र १२ वर्षीय रितु थामी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब निरीक्षक रामेश्वर कार्कीले बताए ।   स्थानीयको सहयोगमा नेपाल प्रहरी र दोलखास्थित नेपाली सेनाको रणभिम गणले बेपत्ता दुबैफुर्सदमा


मधेशका युवा मतदाता भन्छन्– चुनावले मात्र विभेद अन्त्य हुँदैन

विराटनगर– प्रदेश नम्बर १को चुनाव बुधबार उत्साहप्रद ढंगबाट सम्पन्न भएको छ । यो चुनावमा एकसय तीन वर्षको बृद्धादेखि १९ वर्षका युवा तनेरीहरु चुनावमा उत्साहित भएर भाग लिएका थिए । सबभन्दा बढी युवाहरु उत्साहित भएर चुनावमा भाग लिएका थिए । विगत दशवर्षदखि आन्दोलन गर्दै आएका तराई मधेशका युवाहरुले यसपटक चुनावमा भाग लिएका छन् । तर उनीहरुको मतमा उही आवेग र चिन्ता उस्तै छ । मोरङका विभिन्न मतदान केन्द्रका मधेसी युवाहरुले मधेसको माग सम्बोधन नभएको भन्दै चिन्ता ब्यक्त गरे । यसअघिको आन्दोलनमा सहभागी हंसराज यादवले २० वर्षपछि हुन लागेको स्थानीय तहको चुनावमाफुर्सदमा


जिल्लासभाको पहिलो बैठकः‘तत्काल संचार र बैकिङ्ग सुविधा विस्तार गर’

जाजरकोट – जाजरकोटको पहिलो जिल्ला सभाले तत्काल संचार सुविधा पुरयाउन र बैकिङ्ग सेवा विस्तारको लागी माग गरेको छ । निर्वाचन आयोगको निर्देशन अनुसार जाजरकोटमा बुधवार बोलाईएको पहिलो जिल्ला सभाले संचार असुविधाका कारण भेरी नगरपालिका बाहेक अन्य ६ ओटा पालिकामा संचार सुविधा नुहँदा जनप्रतिनिधी र कर्मचारीको कामकाज प्रभावित भई सेवा प्रवाहमा समस्या भएको भन्दै तत्काल संचार सुविधाको विस्तार गरि ईमेल ईन्टरनेटको ब्यवस्था गर्न संचार मन्त्रालय र संघिय मामिला तथा स्थानिय विकास मंत्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हो । स्थानिय विकास अधिकारी रुद्र प्रसाद पण्डितका अनुसार बैठकले भेरी नगरपालिका बाहेकका पालिकामा बैंकफुर्सदमा


प्रधानमन्त्री देउवाद्धारा निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउनेलाई धन्यवाद ज्ञापन

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणअन्तर्गत आज भएको स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सहयोग पुर्याउने सबैमा धन्यवाद व्यक्त गरेका छन् । संविधानले नेपालको सार्वभौम अधिकार नेपाली जनतामा निहित गरेकाले लोकतन्त्रमा जनताले मुलतः निर्वाचनका माध्यमबाट नै आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्ने गरेको बताउँदै उनले भने – ‘जनताले आफ्नो निर्णायक शक्तिको प्रयोग चुनावमार्फत् गर्दछन्, यस अर्थमा नेपाली जनताले प्राप्त गरेको सार्वभौम अधिकारको प्रयोग गर्ने अवसरका रुपमा यस निर्वाचनलाई लिन सकिन्छ ।’ प्रधानमन्त्री देउवाले संविधानको स्वीकार्यता बढाई मधेसी, थारु, आदिवासी जनजातिलगायतको सहभागिता सुनिश्चित गर्ने अभिप्रायले प्रदेश नंफुर्सदमा


स्थगित मतदान केन्द्रको वास्ताविकताः आठ घण्टा महिला केटाकेटीलार्इ घाममा कुराएपछि स्थगित

बझाङ– मतदान गर्नका लागि चर्काे घाममा असिनपसिन हँुदै विहान साढे आठ बजेदेखि लाइनमा उभिएकी जानकी विक मतदान स्थगित भएको सुचना पाएपछि कर्मचारी र प्रहरीहरुलाई सराप्दै घर फर्किइन् । केही महिलाहरु मतदान भैहाल्छ की भनेर मतदाताको लाइनमै थिए । उभिएर थाकेका उनीहरु विद्यालयको धुलाम्य खेलमैदानमै थच्चक बसेका थिए । स–साना बच्चाका आमाहरु छाताको ओत दिएर बच्चालाई दुध चुसाइरहेका थिए । कोही गर्मी छल्न विद्यालय बाहिर छायाँमा गफिरहेका थिए । साढे पाँच बजेतिर मतदानस्थलका कर्मचारीहरुले एक्कासी मतदान स्थगित भएको खबर सार्वजनिक गरेपछि उनीहरु निकै आक्रोसित बने । ‘विहान ९ बजे देखी लाइनफुर्सदमा


ललितपुरको औद्योगिक क्षेत्रमा भीषण आगलागी

ललितपुर । ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ ...

चितवनको चुनावका लागि यस्तो प्रतिवद्धता सार्वजनिक गरे प्रचण्डले (पूर्ण पाठसहित)

काठमाडौं – नेपाली जनताका प्रतिनिधिहरुबाट बनेको संविधानको ...

प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

१५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

सोंच

बजार

मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

लागूऔषधसहित भारतीय पक्राउ

हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...