स्कुल भवन निर्माण सहयोग

RANADADA
२०७२ सालको भूकम्पमा परि नीलकण्ठ, रानाडाँडाको यो सानो स्कुल सुन्दरादेवी प्राथमिक विद्यालय  ध्वस्त भयो । यो र यो जस्तै हजारौं सरस्वतीका मन्दीरहरु एकै पलमा भग्नावशेषमा परिणत भए र त्यहाँ अध्ययनरत वालवालिकाको भविष्य भूकम्पको त्रासमा बाँचिरहेको नेपालीको अवस्थाजस्तै अन्यौलग्रस्त हुन पुग्यो ।


क्रमिक रुपमा शैक्षिक संस्थाहरु पुननिर्माण आरम्भ होलान । राज्यको सरकारी संयन्त्रले विस्तारै आफ्नो कार्य शुरु गर्ला तर श्रोत साधनको अभावले गर्दा यस्ता ससाना प्राथमिक विद्यालयहरु ठुला विद्यालयमा गाभिने कुराले यस गाउँका वालवालिकाहरु अझ धेरै त्रसित भएका छन । छाप्रोमै भएपनि गाउँमै पढिरहेका यी वालवालिकाहरु अब घन्टौं हिंडेर अझ धेरै टाढाको विद्यालयमा जानुपर्ने चिन्ताले यिनलाई सताएको छ । यतिमात्र होइन, यदि यस्तो हुने हो भने पिछडिएका बर्गहरु दलित, जनजाति, सार्की, गुरुङ, मगरको प्रधानता रहेको यस भेगका वालवालिकाले पढाइ नै छोडेर बस्ने सम्भावना पनि उत्तिकै छ ।

धादिङ सेवा समाज इजरायल

धादिङ सेवा समाज इजरायल


के हामी हाम्रो सानो सहयोगले यिनको सपनालाई फेरि जोगाउन सक्दैनौं ? आ आफ्नो स्थान बाट कोसिस गरौँ । र भूकम्पले भत्किएको यो स्कुल फेरि उठाउन पहल गरौँ, सहयोग गरौँ । धादिङ्गवासी र अरु सबै सहयोगी मनहरुलाई हार्दिक अनुरोध गर्दछौं ।

 



श्री सुन्दरादेवी प्राथमिक विद्यालय भवन निर्माणमा सहयोगको प्रतिबद्धता जनाउनु हुने सहयोगी मनहरु यसप्रकार हुनुहुन्छ ।

1. कृष्णपक्ष थापा / नीलकण्ठ, धादिङ (AS A SEED MONEY) 300 Dollar
2. नवीन बन्धु पहाडी / नीलकण्ठ, धादिङ 5,000 Rs.
3. अस्मिता बानिया /नौबिसे, धादिङ 100 Dollar
4. विष्णु/मिना सिंखडा /त्रिपुरेश्वर खहरे,धादिङ 10,000Rs.
5. साबी पाठक / मलेखु, धादिङ 5,000 Rs.
6. मधुकर अधिकारी / जीवनपुर, धादिङ 201 NIS
7. सेवी आले मगर / धुसा, धादिङ 55 Dollar
8. राज छत्कुली / सल्यानटार, धादिङ 10,000 Rs.
9. रोजी थपलिया, चरौंदी, धादिङ  100 Dollar
10. हेमलाल श्रेष्ठ/ नीलकण्ठ, धादिङ 5000Rs.
11. माया तामाङ, 5000Rs.
12. सोभिता थपलिया 5000Rs.
13. कला अधिकारी 100NIS.
14. ओम प्रसाद फुयाँल / स्मृति समाज हेटौडा 5000Rs.
15. पारु थपलिया, चरौंदी, धादिङ 100 Dollar
16. उमंग जिसी 50 Dollar
17. शिव श्रेष्ठ, नीलकण्ठ, धादिङ 3,000Rs.
18. शोभा लोहनी, छत्रेदेउराली, धादिङ 100 Dollar
19. बिनिता अधिकारी 200 NIS
20. मनुका दाहाल 100 NIS
21 मोहित कुमार विसुंके, ज्यामरुङ्ग धादिङ 100 Dollar

MORE TO COME….

sundaradevi-big-banner
पुनश्च : विद्यालय भवन निर्माणको लागि रु १० हजार ( १०० डलर ) वा सो भन्दा धेरै दान गर्नुहुने सहयोगी महानुभावको नाम शीलालेखमा अंकित गरिने र स्मृतिस्वरुप विद्यालय भवनमा राखिने व्यहोरा जानकारी गराइन्छ ।


प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

१५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

१५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

सोंच

बजार

मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

लागूऔषधसहित भारतीय पक्राउ

हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...